बैतडीमा भ्यान दुर्घटना, तीनजनाको अवस्था गम्भीर

राष्ट्रपाटी न्युज

अशोज १५, २०८२

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८  भ्यान पाटन–६, गाङको मोडमा बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।


Published :अशोज १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media