पूर्वप्रधानमन्त्रीद्वय ओली र प्रचण्डको सुरक्षामा खटिएका ६१ सुरक्षाकर्मी फिर्ता

राष्ट्रपाटी न्युज

अशोज २३, २०८२

काठमाडौं । सरकारले दुई पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा भारी कटौती गरेको छ ।

गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग भइरहेको भन्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सुरक्षाबाट ६१ जना सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको हो।

गृह मन्त्रालय स्रोतका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालको मन्त्रीस्तरीय निर्णयबाट यो कदम चालिएको हो। सो अनुसार, ओलीको सुरक्षामा खटिएका २७ जना र प्रचण्डको सुरक्षामा खटिएका ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरिएको छ।

मन्त्रालयले सुरक्षाको मापदण्डअनुसार आवश्यक संख्यामा मात्रै सुरक्षा व्यवस्था मिलाइने जनाएको छ ।


Published :अशोज २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media