एमालेको युवा संघलाई र्‍याली र सभा गर्न प्रशासनको रोक

राष्ट्रपाटी न्युज

अशोज २४, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाललगायतको मोटरसाइकल र्‍याली, सभा र धर्ना गर्न रोक लगाएको छ ।

युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली आयोजना गर्ने घोषणा गरेको थियो ।

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले भोलि काठमाडौँमा मोटरसाइकल र्‍याली गर्ने भएको छ। दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्‍याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै पुगेर सम्पन्न हुने युवा संघले जनाएको थियो ।

संघका अध्यक्ष क्षितिज थेबेले ‘र्‍यालीले राष्ट्रिय एकता, समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने बताएका छन् । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले युवा संघको नाम उल्लेख नगरी जारी गरेको सूचनामा विभिन्न समूहहरुबाट हुने भनिएका र्‍याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुने उल्लेख गर्दै कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका छन् ।


Published :अशोज २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media