सुनको मूल्यमा ३ हजार वृद्धि, तोलामा २ लाख  ३८ हजार पुग्यो

राष्ट्रपाटी न्युज

अशोज २६, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  आज ३ हजार रुपैयाँले बढेको छ। साताको पहिलो कारोबार दिन आइतबार ३ हजार रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख  ३८ हजार पुगेको हो।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ४२ सय रुपैयाँले घटेको थियो। सो दिन प्रतितोला सुन २ लाख ३५ हजारमा कारोबार भएको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि आकासिएको छ। आज चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला चाँदीको मूल्य ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो शुक्रबार प्रतितोला चाँदी ३ हजार ८५ रुपैयाँमा खरिदिबिक्री भएको थियो ।


Published :अशोज २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media