आजको मौसमः कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

अशोज २८, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मङ्गलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।


Published :अशोज २८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media