सर्वोच्चमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटनविरुद्ध १० वटा रिट दर्ता

राष्ट्रपाटी न्युज

अशोज २८, २०८२

काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया शुरु भएसँगै मंगलवार चार टा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलवार चार वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताए । उनका अनुसार चारवटै रिटमाथि बुधवारको लागि पेसी तोकिएको छ । पाण्डेले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको अमाग गर्दै १० वटा मुद्दाहरु आएको पनि बताए । यद्यपि ती मुद्दाहरु अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ ।

जेन–जनी आन्दोलनका क्रममा आन्दोलनकारीले सर्वोच्च अदालतको भवनमा आगजनी गरेपछि सर्वोच्चको कामकारबाही प्रभावित भएको थियो । उनले मंगलवार सर्वोच्चमा एउटा मात्र संयुक्त इजलास बसेको बताए । उक्त इजलास टेन्टमा नभई अदालतको भूकम्पपछि निर्माण गरिएको भवनमा बसेको थियो । तिहारपछि सर्वोच्चका सबै सेवाहरु भवनहरुबाटै शुरु गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ ।

पाण्डेले सुनुवाई स्थगित गरिएका मुद्दाहरुको सुनुवाई प्रक्रिया समेत अगाडि बढाउने प्रयास भइरहेको भन्दै न्यायका उपभोक्ताहरुलाई नआत्तिन आग्रह गरे ।


Published :अशोज २८, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media