
बिशाल काफ्ले खत्री
विगत ११ बर्ष नेपालको राजनैतिक इतिहास केपी ओलीमय भयो। नेपाली कांग्रेस होस् या प्रचण्ड माओवादी दुबै पार्टीलाई हम्मे हम्मे भए केपी वली । यस विचमा नेपालमा झण्डै प्रजातान्त्रिक र कम्युनीष्ट धारको प्रादुर्भाव गरिसकेका ओली राष्ट्र निर्माणको आफ्ना स्पष्ट कार्यदीशा हुँदाहुँदै आफ्ना भनौदाहरुबाटै प्रतिरोध भईरहँदा पनि गन्तब्यमा हिँडिरहे। केपी वलीमा एउटै हुटहुटी थियो कि राष्ट्र निर्माण यसको ज्वलन्त उदाहरण हो, नेपालको संबिधान २०७२ जारि , भारतीय नाकाबन्दीको सामना, नेपालको भुभाग समेटी नयाँ नक्सा जारी , राष्ट्रिय तथा अन्तराष्ट्रीय फोरममा नेपाल एक सार्वभौम राष्ट्र भएको निर्भिग भई राख्नु, माधव कुमार नेपालले झन्डै शुन्यतामा पुर्याएको पार्टी मनोबल बढाएर एमालेलाई चुनावमा हराउन शक्तिशाली पार्टीहरु विच चुनावी तालमेल गर्न वाध्यात्मक हुनु, आफ्नो सम्पुर्ण चल अचल सम्पत्ति मरणोपरान्त राष्ट्रको नाममा गर्नु र राष्ट्रवादी भावनालाई मजबुत वनाई नेपालीको जिवनस्तरलाई उकास्नु ।
नेपालमा केपी वलीले जनमानसमा गहिरो छाप छोड्दै गर्दा राजनैतिक समकक्षी र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्वार्थ समुहको आँखाको तारो बन्दै गयो । नेपाल आफ्नो बलबुताले कुनै स्वार्थसमुहको नियन्त्रण विना चल्न थाल्नु धेरै ठुलो कुरा भयो । नेपालको स्थिरतामा पनि यिनिहरुको लागि तगारो सरह हो भन्ने कुरा एकिकरण भैसकेको र एमाले विभाजनले पनि स्पष्ट पार्दछ । नेपालको नयाँ नक्सा जारि गरि नेपाल थप शसक्त छ भन्नु र भारतसँग आँखामा आँखा जुधाएर तिमि र मेरो विश्वस्तरमा नै हैसियत बराबर हो भनेका ओलीलाई सर्बोच्चको विस्थापन पश्चात नेपालको राजनीति र सरकारको नेतृत्वमा देख्न चाहेकोनै थिएन भारतले, जसको पुष्टी प्रचण्डको कम्फरटेवल सरकारको भनाईले गर्दछ । २०७९ को निर्वाचनमा पनि नेपाली कांग्रेस, माओवादी र समाजवादी पार्टी एमाले विरुद्ध गठबन्धनमा थिए। उदेश्य थियो एमाले सँगै केपी ओली सिध्याउने तर पनि सानदार सिट संख्या सहित प्रस्तुत भयो एमाले ओलिको नेतृत्वमा ।
अब सुरु भयो केपी ओली फोवीया, प्रचण्डको नेतृत्वमा नेपाली कांग्रेस , माओवादी र रास्वपाको सरकार रहँदा देखि नै एमाले र ओलिलाई प्रहार गर्न सुरु गरे । यस विचमा सामाजिक संजालको अधिकतम प्रयोग भयो एमाले बिरुद्ध र २०८१ अषाढ मसान्तबाट सरकारको नेतृत्व एमालेका अध्यक्षले गरिरहँदा नेकपा एमाले र ओलीको विरुद्वमा सामाजिक संजालको अधिकतम प्रयोग गरि जनमानसमा विना अध्ययन नै वितृष्णा भर्न सफल भयो त्यो पनि बालेन, माओवादी र रास्वपाको नेतृत्वमा । जसको फलस्वरुप Gen-Z को protest को आडमा मात्र नेकपा एमाले र केपी वली विरुद्ध यिनै बालेन, माओवादी र रास्वपा स्वार्थसमुह सँग मिलेर राष्ट्रिय स्थिरता तथा विकासलाई अवरुद्व पार्न सफल भए र देशलाई अस्थिरतामा धकेल्न सफल भए ।
विगत ११ बर्षमा नेकपा एमालेको नेतृत्व मार्फत केपी ओलीले राष्ट्रिय भावना तथा विकासलाई एकिकृत गर्ने हरसम्भव प्रयास गरेको दृष्णान्तहरु हामी सामु छन् । सम्बृद्द नेपाल सुखि नेपाली भन्ने राष्ट्रिय निति अघि सारेकोमा नेकपा एमाले भित्र पनि यसलाई गम्भिर रुपमा लिएको पाईन्न, अन्य पार्टि तथा जनमानसको त कुरै छाडौँ । यसै कारण एमाले र केपी वलीलाई देशद्रोही करार गर्न खोज्नु कुनै पनि हिसाबले न्यायोचित देखिन्न ।
निश्कर्ष यो छ कि सँधै एकै रुपमा पृथ्वीनारायण शाह, विपी कोईराला, मदन भण्डारीहरु जन्मदैनन्, वस् यिनिहरुले लिएका राष्ट्रीय र विकाशको एजेण्डालाई सर्वमान्य वनाई यि पात्र लोकप्रीय भएका हुन् । अबको नेतृत्वहरुले कि त स्पष्ट राष्ट्रिय र विकास योजना राख्न सक्नुपर्दछ कि त स्पष्ट व्यक्तित्वलाई विना संकोच प्रवर्द्वन गरेमामात्र कुनै लौहपुरुषको प्रादुर्भाव हुन्छ र सबै भावना राष्ट्र निर्माणमा गोलाकार हुन्छन् न कि ब्यक्तिगत बैभवमार्फत ।
( बिशाल काफ्ले खत्री राष्ट्रिय युवा संघ नेपालका नेता हुन्। )