नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट

राष्ट्रपाटी न्युज

बैशाख २३, २०८३

काठमाडौं । बुधबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट भएको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २७११.२२ विन्दुमा पुगेको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ४३ करोड बराबरको सेयर कारोबार भएको थियो ।

यसदिन नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा कमी आएको छ। ३३६ वटा स्क्रिप्सको ७१ लाख ३१ हजार ५५७ कित्ता सेयर ३ अर्ब १९ करोड ७७ लाख  ६६ हजार  ७७९ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १०४ वटा स्टक्सको मूल्य बढ्दा १४९ वटाको  घट्यो। १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुने सकेन। फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक १३.७४ प्रतिशतले बढ्यो। भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर ८.९० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको २२ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।
रिलायन्स स्पिनिङ्ग मिल्सले १६ करोडको कारोबार गर्दा नेसनल हाइड्रोपावरले १४ करोड,नगदी ग्रुपको १२ करोड र  अपर लोहोरे खोला हाइड्रोपावरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

८ वटा समूहको उपसूचक बढ्दा बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए। डेभलपमेन्ट बैंक,हाइड्रोपावर,लाइफ इन्स्योरे‍न्स, मनु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक घटेका हुन्।


Published :बैशाख २३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media