संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि एमालेको बृहत् सद्भाव र्‍याली

राष्ट्रपाटी न्युज

कार्तिक १०, २०८२

रुपन्देही । नेकपा (एमाले) अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव र्‍याली आयोजना गरेको छ।

देशभर फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासविरुद्ध सन्धिखर्क बजारमा निकालिएको उक्त र्‍यालीमा जिल्लाभरका एमाले नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। र्‍यालीले सन्धिखर्क बजारका विभिन्न भाग परिक्रमा गरेको एमालेले जनाएको छ।

र्‍यालीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता चेतनारायण आचार्य, केन्द्रीय नेता सूर्य थापा, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेताहरू सहभागी थिए।

संविधान, राष्ट्रियता र जनअधिकारको संरक्षणका लागि दृढता र एकता कायम गर्ने सन्देश सद्भाव र्‍यालीमार्फत दिएको पार्टीले जनाएको छ।


Published :कार्तिक १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media