काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेको रिट खारेज, निलम्बन यथावत्

राष्ट्रपाटी न्युज

कार्तिक १२, २०८२

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिट उच्च अदालतले बुधबार खारेज गरेको हो।

न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले रिट खारेज गरेसँगै पाण्डे निलम्बनमै रहनु हुने छ ।

पाण्डेलाई निलम्बन गरेपछि महानगरले नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई नयाँ प्रमुख नियुक्त गरेको थियो। अदालतको आदेशसँगै जोशीले नै नेतृत्वमा निरन्तरता पाउने हुनु भएको छ ।

तर कारबाही फुकुवा भइसकेको कारण देखाएर रिट खारेज गरिएको हो भने पाण्डे नगरप्रमुखमा यथावत् रहने पाण्डे पक्षको दाबी छ ।


Published :कार्तिक १२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media