
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नपाउने भएपछि वैठक वहिस्कार गर्ने चेतावनी थिएका थिए । थापाले सहभागी नै नहुने चेतावनी दिएपछि बैठक स्थगित भएको हो ।
कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस चर्को भइरहेको छ । यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल भइरहे पनि संस्थागत निर्णय भएको छैन ।
महामन्त्री थापाले तुरुन्तै महाधिवेशन हुनुपर्ने भन्दै आएका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान चलाइरहेका छन् ।
संस्थापन पक्ष भने प्रतिनिधिसभाको निर्वाचन हुने नहुने निश्चित भएपछि पार्टीको महाधिवेशनको मिति तय गर्ने सोचमा देखिन्छ । जसले गर्दा कांग्रेसभित्र विवाद चर्कदै गएको छ ।