
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँग एकता गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको जानकारी उपाध्यक्ष जगन्नाथ खतिवडाले दिए ।
धुम्बाराहीमा बुधबारदेखि जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै अध्यक्ष माधवकुमार नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको जानकारी दिए ।
तर बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित ६० भन्दा बढी नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखेका छन् ।