मधेश प्रदेशका मुख्यमन्त्री सोनलले दिए राजीनामा

राष्ट्रपाटी न्युज

कार्तिक २२, २०८२

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

प्रदेशसभाको बैठकमा बोल्दै उनले राजीनामा दिएको घोषणा गर्दै राजीनामा पत्र आजै प्रदेश प्रमुखको कार्यालयमा पेश गर्ने जानकारी दिए ।

आज प्रदेशसभामा उनलाई विश्वासको मत लिन कार्यसूची तय गरिएको थियो। तर, आवश्यक समर्थन नपाउने अवस्था देखिएपछि मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिने निर्णय गरेका हुन् ।

लोसपा, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति लगायत दलको समर्थनमा उनी असोज ३० गते मुख्यमन्त्री पदमा शपथ लिएका थिए । पछि जनमत पार्टी विभाजन हुँदा आवश्यक विश्वासको मत जुटाउने अवस्था नरहेको कारणले मुख्यमन्त्री सोनलले राजीनामा दिएको बताइएको छ ।


Published :कार्तिक २२, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media