
काठमाडाैं । एमालेका सरोजकुमार यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
यसअघि मुख्यमन्त्री रहेका जितेन्द्र सोनलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भई पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि उत्पन्न अवस्थामा प्रमुख सुवेदीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नयाँ सरकार गठनको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि यादवले अब प्रदेश सभाको विश्वास जित्ने प्रक्रिया अघि बढाउनुपर्नेछ ।