एनपिएलका लागि टिकट बिक्री खुला

राष्ट्रपाटी न्युज

कार्तिक २७, २०८२

काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने नेपाल प्रिमियम लिग (एनपिएल) प्रतियोगिताका लागि टिकट बिक्री औपचारिक रूपमा सुरु भएको छ।

क्रिकेट संघ नेपाल (क्यान) का अनुसार दर्शकका लागि विभिन्न वर्गका टिकट दर तोकिएका छन् ।

ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकट मूल्य रु ५०० प्रिमियम टिकट मूल्य रु १,५०० निर्धारण गरिएको छ।

त्यस्तै, साप्ताहिक दिनमा हुने खेलहरूका लागि जनरल टिकट रु ५०० प्रिमियम टिकट रु १,००० पर्ने क्यानले जनाएको छ।

सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पासको व्यवस्था गरिएको छ, जसको मूल्य रु १५,००० तोकिएको छ। उक्त पासमार्फत प्रतियोगिताका सबै खेलहरू हेर्न सकिनेछ।

टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’ लाई अधिकृत साझेदार बनाइएको छ। क्रिकेटप्रेमीहरूले सो मोबाइल एपमार्फत अनलाइन टिकट खरिद गर्न सक्नेछन्।


Published :कार्तिक २७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media