एनपीएल दोस्रो सिजनको टियु क्रिकेट मैदान

राष्ट्रपाटी न्युज

मंसिर १, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ। र्कीतिपुरस्थित टियु क्रिकेट मैदानमा प्रधानमन्त्री सुशीला कार्कीले एनपीएल दोस्रो सिजनको उद्‍घाटन गरिन्।

समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति थियो। उद्‍घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा सुरु भएको प्रतियोगिता मंसिर २७ गतेसम्म चल्ने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्, जसमा ९ खेल दिउँसो र २३ खेल डे-नाइटमा हुनेछन्।

प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरि आठ फ्रेन्चाइज टोली सहभागी छन्।


Published :मंसिर १, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media