
विराटनगर । कोसी प्रदेशको झुम्का कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते ठूलो संख्यामा आएको जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो ।
कारागार प्रशासनका अनुसार, भदौ २४ गते एक हजार ७९६ कैदी भागेका थिए । त्यस दिन तीनजना कैदी बिरामी भएका कारण अस्पतालमै रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिए ।
फरार कैदीमध्ये केही आफैँ फर्केर आएका थिए । केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ५५६ कैदीबन्दीको व्यापक खोजतलास भइरहेको प्रमुख लामिछानेले बताए ।