राष्ट्रपति पौडेलबाट नेपाल विशेष सेवा अध्यादेश जारी

राष्ट्रपाटी न्युज

मंसिर ५, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन् ।

राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाइएको छ ।


Published :मंसिर ५, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media