
ओखलढुंगा । आगामी मङ्सिर २७ गतेबाट शुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनका लागि विभिन्न तयारीहरु शुरु भएका छन्। आगामी मङ्सिर १३ गते प्रतिनिधि चयन गरिने छ भने त्यसको लागि आज १० गते उम्मेद्वारी दर्ता गरिने कार्यक्रम सम्पन्न भएको छ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्न ओखलढुंगाबाट ४१ जनाले उम्मेदवारी गर्दा गरेका छन् । जिल्लाबाट प्रतिनिधित्व हुने १२ पदका लागि ४१ जनाले उम्मेदवारी दिएका हुन् ।
निर्वाचन समितिका अनुसार खुला ६ पदमा २३, महिला ४ पदमा १०, युवा १ पदमा ६ र दलित १ पदमा २ जनाले उम्मेदवारी दिएका हुन् ।
सहमति नभए १३ गते महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्ला भरका एमालेका सम्पूर्ण संगठित सदस्यहरुले मतदान गर्नेछन् ।