मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

राष्ट्रपाटी न्युज

मंसिर १७, २०८२

जनकपुर । मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयले आज सूचना जारी गरी शुक्रबार दिनको ५ः०० बजेभित्र दाबी पेस गर्न आह्वान गरेको हो ।

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सरोजकुमार यादवले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।


Published :मंसिर १७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media