
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बस्नका लागि निवास बनाउने कार्य सुरू भएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित निवास आगजनीमा परेपछि ओली भक्तपुरको गुण्डुमा घर भाडामा लिएर बस्दै आएका छन् ।
भक्तपुरमै ओलीका लागि पार्टी कार्यकर्ता र गुण्डुका स्थानीयहरुको सहयोगमा उनको निवास बनाउने कार्यको शिलान्यास गरिएको हो ।
एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतका अनुसार ओली निवास निर्माणको काम सुरू भएको छ ।
उनका अनुसार आज राजनेता ओलीपत्नी राधिका शाक्यले निवासको शिलान्यास गरेकी हुन् ।
गुण्डुका स्थानीयहरुको आर्थिक सहयोग लिएर ओली निवास बनाउन लागिएको हो। ओली निवास बनाउन युवा नेता बस्नेतले नै अगुवाइ लिएका छन् ।