आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैनः केपी ओली

राष्ट्रपाटी न्युज

मंसिर २०, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनापछि देश प्रतिक्रान्तितर्फ अघि बढेको बताएका छन्।  शनिबार एमालेको ११ औँ महाधिवेशनका लागि नवयुग ई–बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताएका हुन्।

‘देशमा फेरि एक पटक प्रतिगमन भएको छ। यो प्रतिगमन देशका लागि दुर्भाग्य हो। यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो। आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन’, उनले भने।

अध्यक्ष ओलीले अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको बताए। यो लोकतन्त्र माथिको उपहास भएको उनको दाबी छ। असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने उनको धारणा छ।

अध्यक्ष ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न आग्रह गरे। ‘फेरी पनि आगो लगाएर सरकार बनाउने, फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ’, उनले भने।

आफूभन्दा साढे ३ महिना कान्छी प्रधानमन्त्री कुन जेनजीको सरकार भन्दै अध्यक्ष ओलीले प्रश्न गरे।


Published :मंसिर २०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media