राष्ट्रिय राजनीतिको चुनौती सामना गर्न ओलीको विकल्प छैनः शंकर पोखरेल

राष्ट्रपाटी न्युज

मंसिर २०, २०८२

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्न सक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन् ।

शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले ओली मुलुकको राजनीतिको चुनौतिलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत बताए । राष्ट्रिय राजनीतिको चुनौतिलाई सामना गर्न र पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने उनको तर्क थियो ।

महासचिव पोखरेलले पार्टीमा एकताको खाँचो रहेको औल्याउँदै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । उनले पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएको उल्लेख गर्दै त्यसलाई बुझेर पार्टी पंक्ति अघि बढ्नुपर्ने समेत बताए ।

त्यस अवसरमा महासचिव पोखरेलले पार्टी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पनि सबैलाई आह्वान गरे ।


Published :मंसिर २०, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media