स्थानिय तहका अध्यक्ष पारदर्शी हुन सकेनन् – डा केसी

नुवाकोट । नेपाली कांग्रेसका नेता एवम् वरिष्ठ चिकित्सक केदारनरसिंह केसिले स्थानीय तहका अध्यक्ष पारदर्शी हुन नसक्दा विकास निर्माण कार्यले गति लिन नसकेको बताएका छन ।

सोमबार नुवाकोटको तारकेश्वर गाउँपालिका स्थित दाङसिङ माध्यमिक बिद्यालयको वार्षिकोत्सब समारोहलाई सम्बोधन गर्दै डा केसीले उक्त कुरा बताएका हुन ।

यशोधादेबी भगवान सिंह मेमोरियल ट्रस्टका अध्यक्ष समेत रहेका डाक्टर केसीले बिद्यालयको भौतिक विकासका साथै गुणस्तरीय शिक्षा प्रदान गर्नु आवश्यकता भएको बताएका थिए ।

यशोधादेबी भगवान सिंह मेमोरियल ट्रस्टको समन्वयमा दाङसिङ माध्यमिक बिद्यालयमा अध्ययननरत सम्पुर्ण छात्रछात्रा हरुका लागि आवश्यक न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

वार्षिकोत्सब कार्यक्रम तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरि प्रसाद रिमाल, वडा अध्यक्ष चक्र बहादुर तामाङ, नेपाली कांग्रेसका नेताहरु सुन माया तामाङ, होम बहादुर तामाङ, पालिका सभापति केशवराज अर्याल, हरि श्रेष्ठ, सुजन गजुरेल लगाएतले आफ्नो धारण राखेका थिए । यशोधादेबी भगवान सिंह मेमोरियल ट्रस्टको समन्वयमा दाङसिङ माध्यमिक बिद्यालयमा अध्ययननरत सम्पुर्ण छात्रछात्रा हरुका लागि आवश्यक न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।

वार्षिकोत्सब कार्यक्रम तारकेश्वर गाउँपालिका उपाध्यक्ष हरि प्रसाद रिमाल, वडा अध्यक्ष चक्र बहादुर तामाङ, नेपाली कांग्रेसका नेताहरु सुन माया तामाङ, होम बहादुर तामाङ, पालिका सभापति केशवराज अर्याल, हरि श्रेष्ठ, सुजन गजुरेल लगाएतले आफ्नो धारणा राखेका थिए ।


Published :पुस ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media