पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद्का  निर्णय सार्वजनिक गरेका हुन्।

डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि विश्व बैंकबाट प्रस्तावित ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्बन्धमा सैद्धान्तिक सहमति दिने, प्रत्येक वर्षको पुस १५ लाई च्याउ दिवसका रूपमा मनाउने, नेापल प्रहरीको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृति दिने लगायतका निर्णय भएको छ ।

 


Published :पुस २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media