
मोरङ । आगामी माघ ११ गतेलाई तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको मनोनयनका क्रममा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुल्लामा उम्देवारी दिएका थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध भएका हुन् ।
कोशीमा उनीसहित तीनजनाले उम्मेदवारी दिएका थिए । कोशीमा एमाले बलियो भएकोले २ सिट लिएको थियो । कांग्रेसले लिएको एक सिटमा सूर्यबहादुर थापा पुत्र सुनील निर्विरोध भएका हुन् ।
यहाँ पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले थापालाई चुनौती दिँदै खुलातर्फ उम्मेदवारी दिएन । त्यहीकारण उनी निर्विरोध भएको जानकारी निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले बताएका छन् ।