नेप्से सामान्य अंकले बढ्दा कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार १३.३५ अंकले घटेको नेप्से परिसूचक आज ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको हो।  सेन्सेटिभ  इण्डेक्स ०.२० प्रतिशतले बढेर ४५५.९३ प्रतिशतले बढेको छ।

यसदिन ३२८ स्क्रिप्सको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम बुधबारको तुलनामा कम हो। बुधबार ५ अर्ब माथिको सेयर कारोबार भएको थियो।

कारोबारमा आएकामध्ये १२९ स्टक्सको  मूल्य बढ्दा ११५ वटाको घट्यो। १५ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। नेप्से सामान्य अंकले बढे पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सान्भी इनर्जीको सेयर ८.१६ प्रतिशतले बढ्दा एसवाइ प्यानल नेपालको ५.७१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा एसवाइ प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।  बन्दीपुर केवलकार एण्ड टुरिजमले १७ करोडको कारोबार गर्दा सान्भी इनर्जीले १५ करोड ,सागर डिस्टिलरी र शिवम् सिमेन्टले १५/१५ करोडको कारोबार गरे।

सात समूहको उपसूचक बढ्दा बाँकी ६ समूहको उपसूचक नकारात्मक देखिएका छन् ।


Published :पुस २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media