प्रदेश सांसद रहबर अन्सारीले दिए प्रचण्डको पार्टीबाट राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित मधेश प्रदेश सांसद रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमा उनले पार्टीले साहस, इमानदारी र जोखिम लिन सक्ने क्षमता गुमाइसकेको उल्लेख गर्दै आफू त्यस किसिमको विरोधाभासको हिस्सा बन्न नसक्ने बताएका छन्। पत्रमा भनिएको छ,
‘साहस, इमान र जोखिम—तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु।’

अन्सारीले केही दिनअघि मधेशमा आयोजित नेकपा एकता सन्देशसभामा अध्यक्ष प्रचण्डले गाएको ‘इन्कलाब’ गीतका हरफहरू स्मरण गराउँदै उक्त राजीनामा पत्र पठाएका हुन्।


Published :पुस २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media