कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशन पक्षधरद्वारा बहिष्कार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ। मंगलबार दिनभर बस्न नसकेको बैठक बुधबार बिहानका लागि बोलाइएको हो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षधरका नेता मंगलबार दिनभर वार्तामा जुटेका कारण केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेको हो।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकोले उनीहरू बैठकमा उपस्थित नहुने बताएका छन्। महामन्त्री र सभापतिका बीचमा सहमति हुन नसक्दा कांग्रेस महाधिवेशनसमेत लम्बिएको छ ।


Published :पुस ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media