एमालेलाई पनि फुटाउन खोजियो तर सफल भएनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको नेपाली काँग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताए ।

पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उनको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लिन रहेको बताए ।
अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्नेगरी भाष्य निर्माण गर्न नहुने बताए ।


Published :माघ १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media