आयोगको त्रुटिपूर्ण निर्णयविरुद्ध कानुनी लडाइँ लड्छौँः पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको भन्दै शेरबहादुर देउवा पक्षका नेताहरूले आपत्ति जनाएका छन्। निर्वाचन आयोग पुगेका देउवा पक्षका नेता एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय सेटिङ अनुसार आएकाले नमान्ने बताए।

‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ। त्यो निर्णय मान्दैनौं,’ उनले भने। खड्काले आधिकारिकताको निर्णय गर्दा आयोगले संस्थापन पक्षसँग कुनै राय सल्लाह नलिएको आरोप लगाए। उनले संस्थापन पक्ष विधि विधानको पक्षमा रहेको र विधान अन्तर्गत नै चलेको दाबी गरे। उनले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी लडाईँ लड्ने बताए ।


Published :माघ २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media