हराएका र भत्किएका सपना आजैबाट जगाउन सुरु गरौँः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको बताएका छन्। झापा-५ बाट उम्मेदवारी दिन सोमबार दमक पुगेका अध्यक्ष ओलीले हराएका र भत्किएका सपनालाई आजैबाट जगाउन सुरु गर्न भनेका हुन्।

‘शुभ बिहानी। हाम्रो लागि आज एक विशेष दिन हो। हराएका र भत्किएका सपनालाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ’, सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीले लेखेका छन्, ‘हामीलाई पूरा विश्वास छ-हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ। जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ। आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ। हामी नेपाली सबैको जय होस्।’


Published :माघ ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media