
ओखलढुंगा । नेकपा एमाले ओखलढुंगाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारको संयोजकत्वमा ११ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
विहीवार जिल्ला सदरमुकामस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको बैठकले जिल्ला संयोजकमा हर्कबोल राई र निर्वाचन परिचालन कमिटी संयोजक यज्ञराज सुनुवारलाई तोकेको हो ।
निर्वाचन परिचालन कमिटीमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय नेताहरुसहित वडा कमिटी, पालिका कमिटी, जनवर्गीय संगठन, सल्लाहकार कमिटी, जिल्ला कमिटी सदस्य, पूर्व अध्यक्ष तथा सल्लाहकारहरूलाई समेटिएको छ।