राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत

काठमाडौँ। राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ।

सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले उक्त विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विधायन व्यवस्थापन समितिमा विचाराधीन रहेको उक्त विधेयकका सम्बन्धमा प्रतिवेदन पेस गर्न निर्देशन दिए।
मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा छ।

संसदीय प्रक्रिया पूरा भएपछि सो विधेयक फिर्ता हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।


Published :माघ २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media