नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको बार्षिक साधारणसभा नेसनल प्याब्सन केन्द्रीय समितिका निवर्तमानअध्यक्ष पाण्डव हमालज्युको प्रमुख आतिथ्यता तथा नेसनल प्याब्सन केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारीको बिशेष आतिथ्यतामा जोसेफ हाई स्कुलको सभाहलमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका सचिब बिक्रम ढुकुछु, सचिब तेन्जिङ भुटियाभुटिया,केन्द्रीय सदस्य बिनय श्रेष्ठ, राजेस्वर तिवारी, बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, नेसनल प्याब्सन भक्तपुर अध्यक्ष पुण्यराम कवान , बुढानिलकण्ठ नगर समिति अध्यक्ष सुदिप काफ्ले, काठमाडौं महानगर समिति अध्यक्ष निलम मणि भट्टराई , बागमती प्रदेस पदाधिकारी, काठमाडौं जिल्ला समिति पदाधिकारी, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला क्षेत्र न ४ प्रतिनिधि सभा उम्मेदवार जे बि दिपक अधिकारी, काठमाडौं महानगर समिति पदाधिकारी, बुढानिलकण्ठ नगर समिति पदाधिकारी र सदस्य बिध्यालयका प्राचार्यहरुको उपस्थिति रहेको थियो ।

बार्षिक साधारण सभाले साङगठनिक प्रतिबेदन , आर्थिक प्रतिबेदन, बार्षिक कार्य योजना सर्वसम्मत रुपमा पारित गरेको छ । साथै सोहि अवसरमा नेसनल प्याब्सन बागमती प्रदेश समिति नारायण कुमार कार्कीको अध्यक्षतामा, काठमाडौं जिल्ला समिति होम बहादुर अधिकारीको अध्यक्षतामा र काठमाडौं महानगरसमिति निलममणि भट्टराइको अध्यक्षतामा बनेको समितिलाई पुर्णता दिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डव हमाल, बिशेष अतिथि सुर्य बहादुर अधिकारी, अतिथिहरु बिक्रम ढुकुछु , तेन्जिङ भुटिया, नारायण कार्की, पुण्यराम कवान, सुदिप काफ्ले , निलम मणि भट्टराई लगायतले शुभकामना मन्तब्य र सगठनको गतिबिधि बारेमा आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा नेसनल प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष ईश्वर केसीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम नेसनल प्याब्सन काठमाडौं जिल्ला सचिब प्रकाश अधिकारीले सन्चालन गरेका थिए । कार्यक्रम नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होम बहादुर अधिकारी (मनोज) को सभापतित्वमा सम्पन्न भएको थियो ।


Published :माघ २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media