रास्वपा कार्यालय दाङमा एमाले कार्यकर्ताद्वारा तोडफोड

राष्ट्रपाटी न्युज

फाल्गुन ९, २०८२

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालय एमालेका कार्यकर्ताले तोडफोड गरेका छन् । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साँझ नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको जानकारी दिए । कार्यालय तोडफोड हुँदै गर्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा युवा संघ र नेकपा एमालेको नारा लगाउँदै तोडफोड गरिएको देखिन्छ ।

उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यसपछि एमालेले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो । सोही विषयलाई लिएर विवाद उत्पन्न भएको छ । त्यस विषयलाई एमालले कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने उनले बताए । प्रहरीले एमालेको झण्डामा आगनी गर्ने तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ ।


Published :फाल्गुन ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media