रौतहटको गौरमा बिहान साढे ८ बजेदेखि पुन: अनिश्चितकालीन कर्फ्यु

राष्ट्रपाटी न्युज

फाल्गुन १०, २०८२

रौतहट । रौतहटको गौर नगरपालिकाका विभिन्न स्थानमा आज बिहान साढे ८ बजेदेखि पुन: कर्फ्यु लाग्ने भएको छ ।

शनिबार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु आइतबार बिहान ६ बजेसम्म कायम रहेको थियो । भने, बिहान साढे ८ बजेसम्म केही खुकुलो रहने र त्यसपछि पुन: अनिश्चितकालीन कर्फ्यु लाग्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार कर्फ्यु गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेड, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर तथा दक्षिणमा गौर भन्सार कार्यालयभित्र कायम रहनेछ ।

गौर नगरपालिका– ६ स्थित सनगडा गाउँमा शनिबार बिहान मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दु समुदाय बाजा बजाउँदै आएपछि विवाद भएको थियो । विवादपछि झडप हुनुका साथै प्रदर्शनकारीहरूले सवारीसाधनहरू जलाउन थालेपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाएको थियो ।


Published :फाल्गुन १०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media