काठमाडौं-४ मा आक्रामक प्रचारमा डा. राजन भट्टराई

राष्ट्रपाटी न्युज

फाल्गुन ११, २०८२

काठमाडौं। नेकपा एमालेका केन्द्रिय सचिव एवं काठमाडौं-४ का  उम्मेदवार डा. राजन भट्टराईले आफ्नो प्रचार प्रसार तथा घर दैलो कार्यक्रमलाई व्यापक बनाउदै लगेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिदै जाँदा सबै पार्टीका उम्मेवारले घरदैलो लगायतका कार्यक्रम व्यापक बनाउदै गर्दा भट्टराइ काठमाडौं – ४ मा आफ्नो व्यापक र आक्रामक प्रचार प्रसारमा उत्रिएका छन्।

यहि फागुन ७ गते देखि काठमाडौं-४ मा डा भट्टराईको मतदाता भेटघाट, पदयात्रा तथा कोणसभा कार्यक्रम शुरु भएको छ। फागुन ७ गते बिहिबार काठमाडौं महानगरपालिका वडा नम्बर १ बाट शुरु भएको कार्यक्रम फागुन ८ गते काठमाडौं महानगरपालिका- १ ,फागुन ९ गते काठमाडौं महानगरपालिका-७,फागुन १० गते बुढानिलकण्ठ-१३ र फागुन ११ गते बुढानिलकण्ठ-१ मा सम्पन्न भएको छ। आगामी फागुन १८ गते सम्म निरन्तर घरदैलो कार्यक्रम जारि रहने बताइएको छ।

घर दैलोको क्रममा राश्ट्रपाटिसँग कुरा गर्दै डा. भट्टराईले आम मतदाता र शुभेच्छुकको अपार मायाले यो पटक आफुले जित्ने आधार बलियो बनेको दावी गरेका छन्।

काठमाडौं-४ मा यसपटक कांग्रेसबाट सचिन तिमिल्सेना,रास्वपाबाट पुकार बम, नेकपाबाट इन्द्रकुमार भुसाल, राप्रपाबाट सुरेन्द्रराज भण्डारी लगायत उम्मदेवार छन् । यस क्षेत्रमा १८ दल र १० स्वतन्त्र गरी २८ उम्मेदवार छन् ।

 

 


Published :फाल्गुन ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media