प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारमा गए कारबाही गर्ने आयोगको चेतावनी

राष्ट्रपाटी न्युज

फाल्गुन ११, २०८२

काठमाडौं । निर्वाचन आयोगले शैक्षिक संस्थामा आवद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आएको आयोगले जनाएको छ ।

आयोगले सोमबार विज्ञप्ति जारी गरेर आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने जनाएको हो ।


Published :फाल्गुन ११, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media