सर्वोच्चले आदेश दिँदा पनि प्रसाईं भएनन् रिहा

राष्ट्रपाटी न्युज

फाल्गुन १३, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि आज मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने रिहा हुन सकेनन्।

प्रक्रिया पूरा नभएकाले उनी सोमबार नछुटेका काठमाडौँ प्रहरीले जनाएको छ । निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा उक्त आदेश गरेको हो। उनलाई गैरकानुनीरूपमा थुनामा राखिएको दावीसहित उमा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन्।


Published :फाल्गुन १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media