नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ४ अर्ब ४५ करोड

राष्ट्रपाटी न्युज

फाल्गुन १३, २०८२

काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेको थियो। सो दिन ४ अर्ब २३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३३३ वटा स्क्रिप्सको १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम मंगलबारको तुलनामा बढी हो।

कारोबारमा आएकामध्ये १५७ वटा स्टक्सको मूल्य बढ्दा ९० वटाको घट्यो। १३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। दोहोरो अंकले बढेको बजारमा दुई वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर १० प्रतिशतले बढ्यो।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ९.६६ प्रतिशतले बढ्दा सुपर मादी हाइड्रोपावरको ९.१८ प्रतिशत र अपर लोहोरे खोला हाइड्रोपावरको ४.१५ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। नगदी ग्रुप पावरले २५ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले २३ करोड,रिडी पावरले १४ करोड र बन्दिपुर केवलकारले १० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

१० वटा समूहको उपसूचक बढ्दा तीनवटाको घट्यो । फाइनान्स,म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचकबाहेक बाँकी १० समूहको उपसूचक सकारात्मक देखिए।


Published :फाल्गुन १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media