कर्मचारीको तलब २१ प्रतिशत नै वृद्धि भएको होः अर्थमन्त्री

राष्ट्रपाटी न्युज

जेष्ठ १७, २०८३

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब वृद्धि २१ प्रतिशत नै भएको बताएका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकारसँग अन्तरक्रिया गर्दै मन्त्री वाग्लेले सो बताएका हुन् ।

‘तलब वृद्धि २१ प्रतिशत नै हो है, डाउट नहोस, यहाँ त्यो पनि प्रश्न उठिराछ नि ढाँट्यो कि क्या हो’, उनले भने, ‘देखेँ मैले झुक्क्यायो ढाँट्यो, त्यस्तो होइन, १० प्रतिशत बेसमा नै भएको हो, अर्को १० प्रतिशत, तर, यो पर्फमेन्स रिलेटेड मेजर सुरु गर्नको लागि, अहिले सबैले पाउँछन्, तर, पछि रिफर्म पछि त्यो एडजस्टेबल हुनसक्छ, त्यसपछि दिइने प्रोत्साहन भत्ता चाहिँ साँच्चिकै प्रोत्साहन हुनेछ, पर्फमेन्सकै आधारमा हुने छ ।’

यसअघि दिइँदै आएको ५ हजार महँगी भत्ता यथावत् रहने उनले बताए ।


Published :जेष्ठ १७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media