झरुवाराशीमा बकुल्ला र केराउको माला सहित चेतनाथलाइ स्वागत

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०८२

ललितपुर– ललितपुर क्षेत्र नम्बर १ का एमाले उम्मेद्वार चेतनाथ सञ्जेललाई गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवाराशीका बासिन्दाले भब्य स्वागत गरेका छन् ।

चुनावी घरदैलोका क्रममा पुग्दा त्यहाँका वासिन्दाले राम्रो सद्भाव देखाएका हुन् । उनीहरुले यही भूगोलको उम्मेद्वार भन्दै चेतनाथलाई यसपटक साथ दिने बताएका छन् । हामीले यसअघि पनि सूर्यका उम्मेद्वारलाई नै मत दिएका थियौँ , एक साना पसलेले भने, सबैतीर परिवर्तनको लहर आइरहदा झण्डै हामीले पनि त्यता तिर योजना बनाएनौँ ।

कोही पटक पटकको उम्मेद्वार र कोही यो भूगोलकै नभएका उम्मेद्वार हुँदा हामीले सूर्य छोडेर अन्यत्र जान सक्दैनौँ , एक यूवाले भने , सामाजिक संजालको भ्रमले हाम्रो वडामा पनि प्रभाव पारेको छ ।

घरदैलोमा पुगेका प्रतिनिधी सभा उम्मेदवार चेतनाथ संजेल समानुपातिक उम्मेद्वार सुरेन्द्र मोहन शर्मा , प्रदीप रम्तेल र पूर्व सांसद नवराज सिलवाल र शुशीला नेपाललाई स्थानीय कृषकले टीका र मालासँगै केराउ र बकुल्लाको कोसाको माला बनाएर लगाईदिएका छन् ।


Published :फाल्गुन १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media