जिरी-१ मा एमालेको घरदैलो कार्यक्रम सम्पन्न, दर्जनौं एमालेमा प्रवेश

राष्ट्रपाटी न्युज

फाल्गुन १४, २०८२

दोलखा। दोलखाको जिरी नगरपालिका वडा नं. १ मा नेकपा एमालेको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेस,नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसबाट सन्जय गुभाजु (रुद्र), राजन बस्नेत, गेल्जी शेर्पा, कर्मा शेर्पा र पासाङ शेर्पा एमालेमा समाहित भएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट सागर बस्नेत, गेली सुनुवार, काइला बिक, माया बिक र लाक्पा क्ष्योती शेर्पा प्रवेश गरेका छन्। रास्वपाबाट तारा कार्की, बिष्णु कार्की, रबिन खडका लगायत दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

कार्यक्रममा एमाले दोलखा इन्चार्ज एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार Parbat Gurung, पार्टी केन्द्रीय सदस्य Urmila Sunuwar, पार्टी लेखा आयोग सदस्य शान्ति माया तामाङ पाख्रीन, बाग्मती प्रदेश सदस्य टंक जिरेल, लक्ष्मण गुभाजु, नेताहरू केशव कुमार कार्की र केशव कार्की (माडे) लगायतको उपस्थिति रहेको थियो।

घरदैलो अभियानलाई तीव्र बनाउँदै एमालेले जिरी नगरपालिकामा जनसमर्थन बढ्दै गएको जनाएको छ। जिल्ला सचिवालय सदस्य एवं प्रभावशाली नेता केशव कुमार कार्कीले एमालेप्रति जनताको विश्वास बढ्दो रहेको र दोलखामा जित सुनिश्चित रहेको दाबी गरे।


Published :फाल्गुन १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media