निर्वाचनका लागि साढे ७ लाख बढीले छाडे उपत्यका

राष्ट्रपाटी न्युज

फाल्गुन १९, २०८२

काठमाडौं । आउँदो बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि साढे ७ लाखभन्दा बढीले उपत्यका छाडेका छन्। हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्तिले उपत्यका छाडिसकेका ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताए। उनका अनुसार यो क्रम बुधबारसम्म जारी रहने छ।

यात्रुको चाप बढेसँगै मुख्य राजमार्ग, बसपार्क तथा उपत्यकाबाट बाहिरिने नाकाहरूमा सवारीसाधनको लामो लाम देखिएको छ। यातायात व्यवस्थालाई थप सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीको जनशक्ति वृद्धि गरिएको छ।

यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै राजमार्गहरूमा गस्ती बढाइएको र आवश्यकता अनुसारका क्षेत्रहरूमा विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ ।


Published :फाल्गुन १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media