इनिशा हत्याका दोषीलाई कारबाही माग गर्दै वीरगन्जमा पनि प्रदर्शन

राष्ट्रपाटी न्युज

फाल्गुन २९, २०८२

वीरगन्ज । सुर्खेतको वीरेन्द्रनगरमा किशोरी इनिशा बिकको बलात्कारपछि भएको हत्या घटनाका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार वीरगन्जमा प्रदर्शन गरिएको छ।

वीरगन्ज स्कुल अफ लमा कानुन संकायमा अध्ययनरत युवा युवतीहरूले शुक्रबार साँझ घण्टाघर चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवा युवतीहरुले ‘इनिशाका बलात्कारी तथा हत्यारालाई कारबाही गर’, ‘बलात्कारी र हत्यारालाई फाँसी दे’,देशका छोरीहरू एक हो‌औं,बलात्कारीविरुद्ध अभियान चलाऔं, नेपाली चेली कहिलेसम्म बलात्कृत हुने ? ‘नारीको सम्मान गर’ लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनपछि उनीहरूले घण्टाघर चोकमै मैनबत्ती बालेर मृतक इनिशा बिकलाई श्रद्धाञ्जली अर्पण पनि गरेका थिए ।


Published :फाल्गुन २९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media