ओली-लेखक पक्राउ प्रकरणः सरकारले प्रतिशोधको राजनीति गरेको हर्क साम्पाङको टिप्पणी

राष्ट्रपाटी न्युज

चैत्र १४, २०८२

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपरेपछि सामाजिक सञ्जाल फेसबुकमा उनले सरकार प्रतिशोधको राजनीतिमा अघि बढेको टिप्पणी गरेका हुन् ।

उनले अब मुलुकमा आन्दोलनबाहेक केही नहुनेसमेत उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘मेरो कुरा ढिलो गरी बुझ्छन् ! मैले ओखलढुंगाको कार्यक्रममा भनेको थिएँ, अरु जसले जिते नि प्रतिशोधको राजनीति हुन्छ ! प्रगतिको राजनीति श्रम संस्कृति मात्रै हो, अब हुने भनेको यस्तै मात्रै हो ! आन्दोलन, आन्दोलन अनि आन्दोलन !’


Published :चैत्र १४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media