नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा सचिव राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रपाटी न्युज

चैत्र १७, २०८२

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको राष्ट्रिय प्रशारण ग्रिड कम्पनी लिमिटेडको सचिव पदको जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

लिमिटेडको कम्पनी सचिवको योग्यता कानुन विषयमा स्नातक गरेको हुनुपर्नेमा एमबीएस योग्यता भएका पोख्रेललाई नियुक्ति गरेकाले योग्यता नपुगेको नियुक्ति बदर गरी खाईपाई आएको सेवा सुविधा असुल उपर गरी पाउँ भन्ने समेत व्यहोराको प्राप्त उजुरीको अनुसन्धानपछि आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

झुटा शैक्षिक योग्यताको प्रमाणपत्र देखाएर सार्वजनिक पदमा बसेका पोख्रेलले सेवा अवधिमा एक करोड सात लाख एक हजार ५८४ रुपैंयाँ हानीनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


Published :चैत्र १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media