मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

राष्ट्रपाटी न्युज

चैत्र १८, २०८२

हेटौँडा । चट्याङ लागेर मकवानपुरमा एकजनाको मृत्यु भएको छ । वाग्मती गाउँपालिकामा–१, भैसेमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार, ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।


Published :चैत्र १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media