शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

राष्ट्रपाटी न्युज

चैत्र २१, २०८२

काठमाडौं  । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा सीआईबीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेको अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।


Published :चैत्र २१, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media